Logo

बुधवार, श्रावण १३ गते २०८३

आठदलीय गठबन्धनको बैठक बस्दै

आठदलीय गठबन्धनको बैठक बस्दै

जोईन खबर

२३, फाल्गुण २०७९
  • 697
    SHARES
  • आठदलीय गठबन्धनको बैठक बस्दै

    २३ फागुन, काठमाडौं । सत्ता घटकका आठ दलको बैठक बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्न लागेको हो ।

    images

    बैठक दिउँसो २ बजे बोलाइएको छ । ‘पर्सि हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो’ आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खानले भने, ‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं ।’

    8-party-gathabandhan.jpg

    राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ । आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - १५:१३:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको