Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

जोईन खबर

२०, श्रावण २०८०
  • 916
    SHARES
  • बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

    २० साउन काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यमा गएको  पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको बताएका छन् ।सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको खबरले आफू मर्माहत भएको भन्दै उनीहरुको खोजीका लागि कुटनीतिक पहल भएको बताएका छन् ।उनले लेखेका छन् गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।

    images

     

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २०, २०८० शनिवार - २०:२३:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको