२२ साउन काठमाडाैँ ।आज बस्ने भनिएकाे प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि फेरी स्थगित भएको हाे । केही समय अगाडी संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।
संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ गते दिउँसो ३ बजे बस्ने भनि सूचना निकालेकाे संघीय संसद सचिवालयले बताएकाे छ ।