२३ साउन काठाडाैँ ।आजको प्रतिनिधि बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले समय लिएर सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानबिन कसले गर्छ भन्दै प्रश्न उठाएको छन्।उनले भने ‘गृहमन्त्री जी तपाईँको पोलिटिकल को छ ? फिल्ड कमिसार को छ ?
तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन् कि ? फिल्ड कमिसारको सूचना तपाईँले फेरिफाई गर्नु भएको छैन् । हामीलाई गम्भीर शङ्का छ । त्यसकारण गृहमन्त्री जीसंग पनि बयान कसले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्री माथि हाम्रो प्रश्न छ ।
प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभूवन विमानस्थलमा हुदाँ ती कहाँ सुतेका थिए । यीनीहरुमाथि कसले प्रश्न उठाउँछ ? पहिलो पटक यस विषयमा हाम्रो पार्टीले कुरा उठायो त्यसमा प्रतिपक्ष दलका सबै सांसदहरुले यसबारे कुरा उठाउँदा पनि सरकारले नसुनेको उनको भनाई छ ।