Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रतिनिधि सभाको बैठक आज पनि स्थगित , शुक्रबार दिँउसो १ बजेसम्म

प्रतिनिधि सभाको बैठक आज पनि स्थगित , शुक्रबार दिँउसो १ बजेसम्म

जोईन खबर

२४, श्रावण २०८०
  • 769
    SHARES
  • प्रतिनिधि सभाको बैठक आज पनि   स्थगित , शुक्रबार दिँउसो १ बजेसम्म

    २४ साउन काठमाडाैँ । प्रतिनिधि सभाको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको हाे । बुधबार दिउँसो १ बजे बसेकाे  बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो । प्रतिनिधि बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद सुर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए ।

    images

    एमाले सांसद थापाले तस्करीको सुन समातेको २२ दिन पुगिसक्दा पनि सरकारले छानबिन समिति गठन नभएको भन्दै आपत्ति जनाए पछि। एमाले सांसदहरुले सभामुखको वेल घेराउ गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरे ।सभामुख देवराज घिमिरेले आफ्नो आशनमा फर्किएर बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी कायम राखे ।  सभामुखले साउन २६ गते शुक्रबार दिँउसो १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १४:१७:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको