Logo

बुधवार, श्रावण १३ गते २०८३

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

जोईन खबर

२६, फाल्गुण २०७९
  • 634
    SHARES
  • नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

    २६ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो ।

    images

    भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

    सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - १०:५९:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको