Logo

बुधवार, श्रावण १३ गते २०८३

माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने, कुन मन्त्रालयकाे जाल्न त ?

माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने, कुन मन्त्रालयकाे जाल्न त ?

जोईन खबर

२७, श्रावण २०८०
  • 796
    SHARES
  • माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने, कुन मन्त्रालयकाे जाल्न त ?

    २७ साउन काठमाडाैँ । नेकपा माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने भएका छन् ।जनमत पार्टी सरकारमा जाने भएकाेले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने भए पछि। सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो ।माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।

    images

    जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो । तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन् ।जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्ने तयारीमा प्रधानमन्त्री छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी रहेको बालुवाटार श्रोतले जनाएको छ ।

     
     

    प्रकाशित मिति :श्रावण २७, २०८० शनिवार - २२:५६:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको