काठमाडौँ । प्रदर्शनमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ परेका छन् । शनिबार साढे १ बजेको समयमा भएको आपसी विवादका क्रममा खुकुरी निकालेर आतंक मच्चाउने विद्यार्थी नेता मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुने क्रममा जिल्ला बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ घर भएका उनले खुकुरी निकालेर आतंक मच्चाएका थिए । उनी एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुमा आबद्ध रहेको बताइएको छ ।