Logo

मंगलवार, कार्तिक ११ गते २०८३

स्ववियु निर्वाचन : आरआर क्याम्पसबाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ

स्ववियु निर्वाचन : आरआर क्याम्पसबाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ

स्ववियु निर्वाचन : आरआर क्याम्पसबाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ

जोईन खबर

२८, फाल्गुण २०७९
  • 793
    SHARES
  • स्ववियु निर्वाचन : आरआर क्याम्पसबाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ

    काठमाडौँ । प्रदर्शनमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ परेका छन् । शनिबार साढे १ बजेको समयमा भएको आपसी विवादका क्रममा खुकुरी निकालेर आतंक मच्चाउने विद्यार्थी नेता  मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको हो। 

    images

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुने क्रममा जिल्ला बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ घर भएका उनले खुकुरी निकालेर आतंक मच्चाएका थिए । उनी एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुमा आबद्ध रहेको बताइएको छ । 

    images
    images
    images
    घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरवारबाट  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  आरआर क्याम्पसमा खुकुरी आतंक मच्चाइएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
     

     

     

     

     
     

     

     

     

    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १३:४२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको