Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणमा दोषी माओवादी नेताहरू भए पनि जेल बस्न तयार हुनु

प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणमा दोषी माओवादी नेताहरू भए पनि जेल बस्न तयार हुनु

जोईन खबर

२९, श्रावण २०८०
  • 754
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले  सुन प्रकरणमा दोषी  माओवादी नेताहरू भए पनि  जेल बस्न तयार हुनु

    २९ साउन काठकाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन्। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनले सुन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिने बताए।सुन प्रकरणमा माओवादी नेताहरूकै संलग्नता रहेको प्रश्न उठ्न थालेपछि उनले यसबारे बैठकमा चासो व्यक्त गरेका थिए।

    images

    ९ किलो सुन प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि मुछिएको समाचार बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले आरोपबारे प्रष्ट पार्न महरालाई आग्रह गरेका थिए।बैठकमा भेपमा राखेर नेपाल भित्र्याएको नौ किलो सुन र त्यसमा महरा बाबुछोराको संलग्नताबारे आएका समाचारबारे केही पदाधिकारी नेताले पनि प्रश्न गरेका थिए।एक पदाधिकारीका अनुसार बैठकमा सुन प्रकरणमा दोषी देखिए माओवादी नेताहरू पनि जेल बस्न तयार हुन प्रधानमन्त्री प्रचण्डले बताएको जानकारी दिए। उनले भने, ‘पदाधिकारी बैठकमा प्रधानमन्त्रीज्यूले सुन प्रकरणमा दोषी देखिएका माओवादी नेताहरू जेल बस्न तयार हुनू भन्नुभएको छ।’

    images
    images
    images
     
     

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १३:५४:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको