Logo

बुधवार, श्रावण १३ गते २०८३

माओवादी धारका पार्टीहरूको आरोप- एमालेका कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन ढिलाइ भयो

माओवादी धारका पार्टीहरूको आरोप- एमालेका कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन ढिलाइ भयो

जोईन खबर

२८, फाल्गुण २०७९
  • 832
    SHARES
  • माओवादी धारका पार्टीहरूको आरोप- एमालेका कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन ढिलाइ भयो

    नेकपा माओवादीसहित माओवादी धारका ९ दलहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘द्वन्द्वकालीन मुद्दा’ अदालतबाट हेर्न नहुने बताएका छन्।

    images

    विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने र द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दाका रूपमा हेर्न नहुने तथा विभिन्न आयोगबाट टुंग्याउनुपर्ने माओवादीका महासचिव  गुरूङले बताए।

    ‘विधेयक सदनमा पुगेको छ। छिटो ऐन संशोधन हुनुपर्छ। सदनबाट विगतमै ऐन संशोधन गर्ने कुरा थियो। तर दलहरूबीच सहमति भएन। नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंगाउन नकरात्मक धारणा लगातार राख्दै आयो।

    कानूनलाई पूर्णता दिएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘विभिन्न आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र टुंगो लगाउन राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई संक्रमणकालीन न्यायका पक्षका लागि हार्दिप अपिल गर्दछौं।

    ‘शान्ति सम्झौता भएको १६ वर्ष पुग्दैछ। शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्ने भन्ने प्रतिबद्धता तत्कालीन विद्रोही र सरकारबीच सम्झौता भएको थियो,’ महासचिव गुरूङले भने, ‘तर ती पक्षका सन्दर्भमा यतिखेर शान्ति प्रक्रियासँग जोडिएका मुद्दाबारे जसरी बहस भइरहेका छन्, शान्ति प्रक्रिया टुंग्याउन ढिलाइ हुनु र क्षेत्राधिकार फरक ढंगले जान खोजेकोले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चिन्ता प्रकट भएको छ।’

     

    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १५:१३:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको