Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने

जोईन खबर

३१, श्रावण २०८०
  • 859
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने

     ३१ नेकपा माओवादी केन्द्रका अध्यक्ष  तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० गते अमेरिका जाने भएका छन् । आज मङ्गलवार सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भदौ ३० गते अमेरिका भ्रमाण जाने जानकारी दिएका हुन् ।प्रधानमन्त्रीले आफू भदौ ३० गते संयुक्त राष्ट्र सङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट असोज ४ गते चीन जाने जानकारी दिएका हुन् ।

    images

    चीन भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहयोग सम्झौता हुने पनि प्रधानमन्त्री प्रचण्ड जानकारी दिए। चीनको बीआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उनले नेपालसँग भएको बीआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र बीआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - १७:५७:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको