१ भदाै काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले ललिता निवास प्रकरणमा निर्णयको आदेश दिनेहरूलाई छाडेर टिप्पणी उठाउनेहरूलाई हतकडी लगाएकोप्रति असन्तुष्टि जनाएका छन् ।ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर कर्मचारीहरूलाई सीआईबीले समातेकोतर्फ लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पार्टी निकट कर्मचारीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो मुलुकमा सुशासन स्थापना गर्न भ्रष्टाचारमुक्त बनाउन टिप्पणी उठाउनेहरूको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन ।उच्च तहका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर देखाउनमात्रै नीति तथा कार्यक्रममा नसमेटेको उल्लेख गर्दै कानूनमन्त्री गुरुङले सरकारले अझै ठूला फाइलहरू खोल्दै जाने बताए ।