५ भदाै काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमालेले बहिस्कार गरेको छ । समसामयिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुस्थित भएको हो ।
एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको भन्दै बैठक बहिस्कार गरेको हो।राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए ।