Logo

बुधवार, श्रावण १३ गते २०८३

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसका मन्त्रीहरूसँग छलफल गर्दै

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसका मन्त्रीहरूसँग छलफल गर्दै

जोईन खबर

५, भाद्र २०८०
  • 808
    SHARES
  • उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसका मन्त्रीहरूसँग छलफल गर्दै

    ५ भदाै काठकाडाैँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसका मन्त्रीहरूसँग छलफल गरेका छन् ।सरकारमा काँग्रेसको नेतृत्व गरेका खड्काले मङ्गलवार पार्टीबाट मन्त्री बनेका नेताहरूसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् ।

    images

    क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । संसदीय दलको बैठकमा काँग्रेस उपसभापतिसमेत रहेका खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि राखेको जवाफ दिएका थिए ।

    काँग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो ।पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा काँग्रेसले पनि बोक्नुपरेको केही नेताहरुले बताएका थिए ।

     

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १७:१६:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको