Logo

बुधवार, श्रावण १३ गते २०८३

कोशी प्रदेश संसदीय दलका नेता नेकपा एमालेले दायर गरेको रिटमा आजै सुनुवाइ

कोशी प्रदेश संसदीय दलका नेता नेकपा एमालेले दायर गरेको रिटमा आजै सुनुवाइ

जोईन खबर

७, भाद्र २०८०
  • 805
    SHARES
  • कोशी प्रदेश संसदीय दलका नेता नेकपा एमालेले दायर गरेको रिटमा आजै सुनुवाइ

    ७ भदाै काठमाडाैँ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजै सुनुवाइ  हुने भएकाे छ । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज बिहीबार नै सुनुवाइ हुँदैछ । 

    images

    सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै कार्कीले परमादेशको मागसहित बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

    कोशी प्रदेश सरकारका मुख्यमन्त्री थापाले संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालत पुगेको हो । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका छन् ।

    यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री भएका थिए । 

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १३:२६:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको