Logo

बुधवार, श्रावण १३ गते २०८३

सभापतिको लागि भोलि उम्मेदवारी दर्ता गर्ने

सभापतिको लागि भोलि उम्मेदवारी दर्ता गर्ने

जोईन खबर

९, भाद्र २०८०
  • 811
    SHARES
  • सभापतिको लागि भोलि उम्मेदवारी दर्ता  गर्ने

    ९ भदाै काठमाडाैँ ।भाेली आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ। सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्।प्रतिनिधि सभा अन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ”, प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ।

    images

    प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ।प्रतिनिधि सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित भोलि बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ।यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची भोलि बेलुका ४ः३० बजे प्रकाशन गरिनेछ। 

    सूची दर्ताक्रम अनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ।दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले पर्सि प्रस्तुत गर्नेछन्। समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ।प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आइतबारसम्ममा सभामुखलाई दिइसक्नुपर्नेछ।

    प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १९:२७:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको