१२ भदाै काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूबिरुद्ध भएकाे र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा थपिएको बताए।पहिले नै हाम्रो टाउकोमा थुप्रै मुद्दा त छँदैछन् युद्धकालका मुद्दाहरु, मेरै ३६ वटा जति छन्। अझै शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएसम्म कहीँ न कहीँ रही राखेका छन्, म प्रधानमन्त्री भएर राम्रो काम शुरु गर्न थालेपछि दुई वटा मुद्दा परेका छन्।
नेकपा माओवादी शक्तिशाली भएपछि ती मुद्दा केही नहुने र आफूहरू जित्दै जाने उनले बताए। उनले भने, ‘हामी शक्तिशाली भएपछि यी केही हुँदैन, हामी जित्दै जान्छौँ, कसैको केही लाग्दैन। हामी कमजोर हुँदै गए आक्रमण बढ्दै जान्छन्। नयाँ क्रान्ति सुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने उनको भनाइ थियो। उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए। माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको उनको भनाइ थियो।