Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

जोईन खबर

१२, भाद्र २०८०
  • 745
    SHARES
  • प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

    १२ भदाै काठमाडाैँ । प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको हाे ।मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या समेत गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएकाे हाे ।

    images

    बैठकमा  सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक सङ्ख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन् । यस्तै एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक सङ्ख्यामाथि प्रश्न उठाउँदै सो विधेयकको विषयलाई अघि नबढाउन आग्रह गरे । सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए ।  भदौ १८ गते दिनको १ बजे बस्ने गरी स्थगित  गरीएकाे छ । 

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १६:४९:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको