२५ भदाै काठमाडाैँ । सोमबार सुनचाँदीको भाउ बढेएकाे छ ।अाजकाे मूल्य अनुसार सुन तोलामा १०० रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा पुगेको छ ।चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।