Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १:०० बजेसम्मा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राख्ने

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १:०० बजेसम्मा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राख्ने

जोईन खबर

२७, भाद्र २०८०
  • 718
    SHARES
  • नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १:०० बजेसम्मा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राख्ने

    २७ भदाै काठमाडाैँ ।  नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष , पूर्वसभामूख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो १:०० बजेसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ ।

    images

    उनको पार्थिव शरीरमा आज बिहान ९:०० बजेदेखि  श्रद्धाञ्जली व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ ।

    त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

    प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - ११:०४:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको