३ चैत, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु हुदै छ।बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणना पछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् ।।उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।

