Logo

बुधवार, श्रावण १३ गते २०८३

उपराष्ट्रपतिमा रामसहाय यादव भारि मतले निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव भारि मतले निर्वाचित

जोईन खबर

३, चैत्र २०७९
  • 706
    SHARES
  • उपराष्ट्रपतिमा रामसहाय यादव भारि मतले निर्वाचित
    ३ चैत, काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।

    images

    उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।जस अनुसार रामसहाय प्रसाद यादवले कुल ३० हजार ३२८ र अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत भार पाइन् । ममता झाले 2 हजार ५३७ र प्रमिला यादवले ४८ मत भार पाएकी छिन् ।

     

     

    प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - १७:२९:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको