५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर आन्तरिक विवादका कारण १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन सकेको छैन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन जनाएको छ ।
काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन्। समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।
काठमाडौंमा २२ स्थगित क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।