Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाल प्रधानमन्त्री प्रचण्ड र चिन राष्ट्रपति सीबीच के कुरा भयो ? यस्ताे छ

नेपाल प्रधानमन्त्री प्रचण्ड र चिन राष्ट्रपति सीबीच के कुरा भयो ? यस्ताे छ

जोईन खबर

७, आश्विन २०८०
  • 766
    SHARES
  • नेपाल प्रधानमन्त्री प्रचण्ड र  चिन राष्ट्रपति सीबीच के कुरा भयो ? यस्ताे छ

    ७ असाेज काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति सी चिनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल गरेका हुन् ।

    images

    वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । यस्तै, राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टू वान र प्रतिनिधि मण्डलसँग सामूहिक रुपमा समेत गरी एक घण्टा लामो वार्तामा राष्ट्रपति चिनफिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदबिना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारे ।

    प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गरे । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गरे ।

     

    राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रुपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताए ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १२:२४:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको