Logo

मंगलवार, श्रावण १२ गते २०८३

चाडपर्व नजिकिएसँगै गाडीको आयात बढ्यो

चाडपर्व नजिकिएसँगै गाडीको आयात बढ्यो

जोईन खबर

७, आश्विन २०८०
  • 832
    SHARES
  • चाडपर्व नजिकिएसँगै गाडीको आयात बढ्यो

    ७ असाेज काठममाडाैँ । दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै गाडी आयात बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक बर्षको दुई महिनामा ८९८ ओटा विद्युतीय गाडी आयात भएको जनाएको हो ।पछिल्लो समय नेपालमा विद्युतीय गाडीको माग बढ्न थालेपछि सवारी विक्रेता कम्पनीलाई माग धान्न नसकेको बताउँदै आएका छन् । यता इन्धनबाट चल्ने प्यासेन्जर गाडी तर्फ भने गाडी बिक्री घटेको व्यवसायीको भनाई छ ।

    images

    बजेट मार्फत करको दर हेरफेरले पनि सुस्ताएको गाडी आयात चाडपर्व नजिकिदै गर्दा बिक्री पनि बढेको व्यवसायी बताउछन् ।साउनमा ११० ओटा आयात भएको इभि भदौ महिनमा मात्रै ७८८ ओटा साना ठूला प्यासेन्जर गाडी नेपाल आएका छन् । दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका ८ सय ९८ वटा विद्युतीय कार आयात हुँदा १ अर्ब १२ करोड ६० लाख रुपैयाँ सरकारले कर पाएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ ।

    दुई महिनमा २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएका ३ ओटा, १०१ देखि २०० किलोवाटसम्म मोटर क्षमता भएको ९ ओटा , ५१ देखि १०० किलोवाटसम्म मोटर क्षमता भएका ६ सय ३१ ओटा र ५० किलोवाटसम्म २ सय ५५ वटा विद्युतीय कार आयात भएका छन ।नेपाल भित्रिएका गाडी मध्ये अधिकांश गाडीहरु चीन र भारतबाट आयात भएको छ । 

     

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १६:१७:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको