७ असाेज काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई ढुक्क भएर लगानी गर्न उद्योगीलाई आग्रह गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)को आयोजनामा भएको ‘नेपाल चीन बिजनेस समिट’ मा प्रचण्डले आफ्नो भ्रमणले सम्बन्धलाई बलियो बनाउने बताएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालमा अवसरहरूको सम्भावना भएकाले उद्यमी र लगानीलाई स्वागत गरिन्छ भन्ने सन्देश दिन आफू समिटमा आएको बताए।एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको समिटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालमा जलविद्युत्, कृषि, वन, जडीबुटी र सूचना प्रविधिको क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल आउने बताउनुभयो ।
चीनले पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म गरेको अकल्पनीय विकासबाट संसारले पाठ सिक्नुपर्ने उनले बताए ।समिटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्धन र निर्यात विस्तारका विषयमा धारणा राखे ।