२६ भदौ, गोरखा । बारपाक सुलिकोट गाउॅपालिका वडा नं ४ मा रहेको बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा CTEVT अन्तरगतको तीन बर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान)मा भर्ना खुलेकोछ ।
CTEVT को आंगिक शिक्षालयको रुपमा स्थापित ईन्ष्टिच्यूटले सैद्धान्तिक कक्षा मुलदेवी आधारभुत बिद्यालयमा र प्रयोगात्मक कक्षा हिमालय संचालन गर्नेछ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरि असोज १५ भित्र भर्नाको लागि आवेदन दिई सक्नुपर्ने जनाएको छ । बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा बाली बिज्ञान बिषयमा ४० जना बिद्यार्थीको भर्ना हुन पाउॅछन् ।

बाली विज्ञानमा भर्ना हुन बिद्यार्थीले SEE/SLCमा गणित,बिज्ञान र अंग्रेजी मध्ये कुनै दुई बिषयमा 'सी' र अर्को एक बिषयमा 'डि प्लस' ग्रेड ल्याएको हुनुपर्छ ।ईन्सटिच्युटले बार्षिक शुल्क तेत्तिस हजार र धरौटी बापत तीन हजार शुल्क तोकिएको छ । बारपाक सुलिकोट गाउॅपालिकोको विद्यार्थीलाई गाउॅपालिकाले ५०% छात्रवृत्तीको ब्यवस्था गरेको गाउॅपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानाकारी दिनुभएको छ । साथै विद्यार्थी संख्याको आधारमा पशु बिज्ञान बिषयको समेत कक्षा संचालन गर्न सकिने अध्यक्ष भट्टले बताउनु भएको छ ।
बिद्यार्थीहरुले भर्नाको लागि आवेदन दिन तिनप्रती फोटो, SEE /SLCको मार्कसिट, जन्मदर्ता वा नागरिकताको फोटोकपी/ प्रवेशपरिक्षा शुल्क रु १५०० सहित हुडींफाटमा रहेको शिक्षालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ । थप जानकारीके लागि मोबाईल नं ९८५६०१५२०४, ९८४७८२०२०४ मा सम्पर्क गर्न सूचनामा भनिएको छ । बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा कक्षा बिहान ०७:०० देखि १२:०० बजेसम्म संचालन हुने जानकारी शिक्षालय संयोजक रामचन्द्र देवकोटाले दिनुभएको छ ।