Logo

मंगलवार, श्रावण १२ गते २०८३

सहकारीको तीन करोड ठगी गर्ने पक्राउ

सहकारीको तीन करोड ठगी गर्ने पक्राउ

जोईन खबर

१२, आश्विन २०८०
  • 733
    SHARES
  • सहकारीको तीन करोड ठगी गर्ने पक्राउ

    तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ । तनहुँको  भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापालाई पक्राउ गरेको हो ।  भिमाद नगरपालिका–९ कटनछाप बस्ने थापाले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय ३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण ९कर्जा० जनाई रकम हिनामिना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । थापाले संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६  रुपियाँ हिनामिना गरेको भनी निजको विरुद्धमा जाहेरी दरखास्त दिएको पक्राउ गरिएको प्रनाउ खाँडले बताउनुभयो । तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - १०:५१:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको