Logo

मंगलवार, श्रावण १२ गते २०८३

लुम्बिनी प्रदेश सचिवालय सदस्य नेकपा एमालेका हरिजनसहितकाे टाेली नेकपा माओवादी केन्द्रमा प्रवेश,अध्यक्ष दाहाल द्वारा स्वागत

लुम्बिनी प्रदेश सचिवालय सदस्य नेकपा एमालेका हरिजनसहितकाे टाेली नेकपा माओवादी केन्द्रमा प्रवेश,अध्यक्ष दाहाल द्वारा स्वागत

जोईन खबर

१८, आश्विन २०८०
  • 796
    SHARES
  • लुम्बिनी प्रदेश सचिवालय सदस्य नेकपा एमालेका हरिजनसहितकाे टाेली  नेकपा माओवादी केन्द्रमा प्रवेश,अध्यक्ष  दाहाल द्वारा स्वागत

     १८ असाेज काठमाडाैँ । लुम्बिनी प्रदेश सचिवालय सदस्य नेकपा एमालेका शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता टाेली  पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आज बिहान नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

    images

    प्रधानमन्त्री प्रचण्डले एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएकाे थियाे ।हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ ।

    उहाँहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताउनुभयो । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्रीको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १४:३३:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको