नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 
सोमबार सुनको मूल्य भने सस्तिएको थियो । हिजो सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा झरेको थियो । आइतबार भने सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेर प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार सुनसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले महंगिदा प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
सोमबार भने चाँदीको भाउ ओरालो लागेको थियो । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच भएको थियो ।