खासगरी,नेपाल सुन व्यवसायी महासंघमा सुनको मूल्य निर्धारण गर्ने एक समिति हुन्छ । त्यो समितिले न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय गर्ने गरेको छ । तर, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तयर गर्छ ।
नेपाली समयअनुसार विहान १० बजेको अन्तरर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ । सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात डलरको मूल्यले गुणन गरिन्छ । यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने भन्सार रकम जोडिन्छ । अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ । त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुन व्यवसायीले राख्ने गरेका छन् । सुन आयात गर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने गर्छ । यसरी अन्तरर्राष्ट्रिय बजारमा सुन महँगिदा वा डलरको भाउ नेपाली मुद्राको तुलनामा महँगो हुँदा पनि नेपाली बजारमा सुन महँगिन्छ ।

अन्तरराष्ट्रिय विज्ञहरुको विश्लेषण अनुसार नेपालमा सुनको मूल्य विश्लेषण गरिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सुन व्यवसायी महासचिव धर्मसुन्दर भन्छन्।, "विश्व संचारमाध्यमहरुले गरेको विश्लेषणको आधारमा हामीले पनि विश्लेषण गर्ने गरेका छौं । हामीले नेपालको अवस्था अनुसार सुनको भाउ तोक्ने होइन । भाउ बढ्नु घट्नुमा हाम्रो कुनै भूमिका हुँदैन ।"
"अन्तरराष्ट्रिय संचारमाध्यम तथा विज्ञहरुले गरेको विश्लेषणमा थप विश्लेषण गरेर व्याख्या मात्र हामी गर्छौँ । विवाहको सिजनको कारण वा अन्य कारणले नेपालमा सुनको भाउ तोकिन्न । सुनको भाउ सधैँ अन्तरराष्ट्रिय मूल्य हेरेर नै तोकिने हो । "अहिले पनि विश्व बजारमा सुनको भाउ अस्थिर रहेकोले नेपालमा पनि सुनको भाउ तलमाथि हुनेगरेकाे पाईन्छ।