कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ५६ हजार ३४१ आवेदन परेको थियो। जसमध्ये १३ लाख ४८ हजार ३४२ आवेदन स्वीकृत भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।