Logo

बुधवार, श्रावण १३ गते २०८३

गाेरखा गण्डकीमा माओवादीको निर्णय कुर्दै कांग्रेस

गाेरखा गण्डकीमा माओवादीको निर्णय कुर्दै कांग्रेस

जोईन खबर

८, चैत्र २०७९
  • 700
    SHARES
  • ८ चैत, काठमाडाै । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचना गोरखा–२ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड भन्थे, ‘प्रधानमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउने छ ।

    images

    राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन माओवादी पुरानै गठबन्धनमा फर्किएपछि कांग्रेसका सुरेन्द्र गण्डकीको मुख्यमन्त्री बन्नेमा ढुक्क भए । निर्वाचनपछि मंगलबार गोरखाको एक कार्यक्रममा प्रचण्ड र सुरेन्द्र एउटै मञ्चमा थिए ।

    गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास गर्दै प्रचण्डले ‘प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने’ बताए ।

    मुख्यमन्त्रीको दाबी गरेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानकै नेतृत्वमा २ मन्त्रालय लिएर एमालेका खगराज अधिकारीको सरकारमा सहभागी छ । केन्द्रमा सत्ता समीकरण फेरिएर सोमबार दोस्रो पटक प्रधानमन्त्री दाहाल विश्वासको मत लिएर बसेपछि प्रदेश सरकार पनि फेरिने पक्का छ । 

    ‘गोरखामा मंगलबार प्रचण्डसँग एउटै कार्यक्रममा थिएँ । अहिले पनि म काठमाडौंमा सरकारबारे शीर्ष नेताहरुसँग छलफल भइरहेको छ । प्रदेश सरकार पुनर्गठन हुने पक्का छ,’ मुख्यमन्त्री बन्ने योजनामा रहेका सुरेन्द्रले भने, ‘तर, माओवादीले जति छिटो समर्थन फिर्ता लिन्छ, यति नै छिटो सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने हो ।’

    माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको विश्वास गुमाएर खगराज नेतृत्वको एमाले सरकार ढलेसँगै बल्ल अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।

    उपधारा २ बमोजिम बनेको सरकारले विश्वास गुमाएसँगै फेरि २ वा २ भन्दा बढी दल मिलेर माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना रहन्छ,’ चुमानले भने, ‘त्यसैले माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहेको हो ।’ चुमानले नयाँ सरकार गठन प्रक्रियाका लागि अरु प्रदेशको पनि घटनाक्रम हेरेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डको निर्देशनअनुसार अगाडि बढ्ने बताए ।

    कांग्रेसका नेताहरु भने माओवादीले दाबी गरे पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । ‘माओवादीले दाबी गर्न पाउने कुरा नै भइहाल्यो तर अब गण्डकीमा बन्ने भनेको कांग्रेस नेतृत्वकै सरकार हो,’ नेता पाण्डेले भने, ‘१÷२ दिनभित्रै अबको प्रक्रियाको टुंगो लाग्छ ।’

    २७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ ।

     बागमतिमा माओवादीका शालिकराम जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै अन्य प्रदेशको पनि प्रक्रिया अगाडि बढ्ने भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका माओवादी नेता चुमानले बताए ।

     

    प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - १६:५३:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको