१२ कार्तिक काठमाडाैँ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ।अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ।
१५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।