Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालमा जीवन बीमा शुरूवात सुरक्षा, बचत र पेन्सन

नेपालमा जीवन बीमा शुरूवात सुरक्षा, बचत र पेन्सन

जोईन खबर

१०, चैत्र २०७९
  • 757
    SHARES
  • नेपालमा  जीवन बीमा शुरूवात सुरक्षा, बचत र पेन्सन

    १०चैत काठमाडाै। नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले चैत्र ९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो ।

    images

    आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस र आफ्नो वृद्ध अवस्थासम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” सार्वजनिक गरेको जनाएको छ ।

    यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो । यसमा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार र अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।यो बीमा योजनाले न्युन बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यस्तै जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन समेत गर्ने कम्पनीको दाबी छ ।

    यस योजनाले तपाईंको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् । विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमाङ्क रकम आर्जित बोनस एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ । भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशत रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेलसम्म बीमितलाई प्रदान गरिनेछ । साथै बीमित ८० वर्ष पुरा भएपछि बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ ।337472190_207864455288187_8592636399961566743_n.jpg

    बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमाङ्क रकम आर्जित बोनस एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमाङ्क रकम आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानी अवधि समाप्ति पछि मृत्यु भएमा बीमाङ्कको ५० प्रतिशत रकम बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

    विकल्प १ र विकल्प २ दुबैमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य को ९० प्रतिशत ऋण प्राप्त गर्न सकिनेछ । दुर्घटना मृत्यु लाभ सुविधा (ADB) बीमाशुल्क छुट तथा पूणर्अशक्तता सुविधा (PTD/PWD), घातक रोग सुविधा (Critical Illness Rider) जस्ता ऐच्छिक सुविधाहरु समेत उपलब्ध रहेका छन् ।

    कार्यक्रममा बोल्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । यस योजनालाई मुर्त रुप प्रदान गर्न सहयोग गर्नुहुने नियामक निकाय नेपाल बीमा प्राधिकरण, एक्चुअरी तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई दिए । बीमा योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह समेत गरे ।

    प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - १२:५५:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको