१०चैत काठमाडाै। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।
एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने प्रस्ट पारे ।एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए संसदमा आफ्नो धारणा राख्दै नेता थपलियाले विगतमा सत्ता गठबन्धन एमाले अनुकुल हुँदाको बखतमा कांग्रेसले देखाएजस्तो ढुलमुले शैली एमालेले नदेखाउने बताए । प्रतिपक्षको भूमिकामा रहेर एमालेले सरकारलाई रचनात्मक सुझाव र खबरदारी गर्ने उनको भनाइ छ ।