Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालमा रहेका सदस्यहरुलाई शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम

नेपालमा रहेका सदस्यहरुलाई शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम

जोईन खबर

१२, चैत्र २०७९
  • 754
    SHARES
  • नेपालमा रहेका  सदस्यहरुलाई शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम

    प्रभु क्यापिटल लिमिटेडले  “ग्लोबल मनि विक—२०२३” को अवसरमा काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उक्त कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित रहेको क्यापिटलले जनाएको छ।

    images

    कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउनुहुँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताएका छन् ।08f2797115ea868838f0d56f515be2121679814678.jpg

    कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको कार्य सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको बताइन्  ।  

    प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - १३:३०:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको