Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चितवनकाे क्रिकेट रंगशाला निर्माणकाे जिम्मा सरकारले लिनुपर्छ : खिमलाल देवकोटा

चितवनकाे क्रिकेट रंगशाला निर्माणकाे जिम्मा सरकारले लिनुपर्छ : खिमलाल देवकोटा

जोईन खबर

१२, चैत्र २०७९
  • 787
    SHARES
  • चितवनकाे  क्रिकेट रंगशाला निर्माणकाे जिम्मा सरकारले लिनुपर्छ : खिमलाल देवकोटा

    १२ चैत, काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् ।

    images

    आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश आईसीसी विश्वकप लिगले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्न आग्रह गरे ।उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप क्रिकेट लिग टुले पनि देखाएको छ ।

    images
    images
    images
    यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछु ।’

    प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - १७:०६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको