आइतबार पनि सुनको भाउ ओरालो लागेको थियो । हिजो सुन तोलामा ६०० रुपैयाँले घट्दा प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो । २ दिनमा सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ ।
सोमबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले सस्तिएर एक हजार ३६० रुपैयाँमा झरेको छ ।अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने महंगिएको थियो । हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भयाे भने कुरा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिनुभयाे।