१३चैत काठमाडाै। प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी गरी मन्त्री मण्डल व्यवस्थापन गर्ने भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रूप दिन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल भएको हो ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका लागि भोलि (मङ्गलबार) अपराह्न ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ।