Logo

मंगलवार, श्रावण १२ गते २०८३

एसिसी यू १९ एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै, नेपाल  समूह चरणबाट बाहिरियो

एसिसी यू १९ एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै, नेपाल  समूह चरणबाट बाहिरियो

जोईन खबर

२६, मंसिर २०८०
  • 829
    SHARES
  • एसिसी यू १९ एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै, नेपाल  समूह चरणबाट बाहिरियो

    २६ मंसिर काठमाडौँ ।एसिसी यू १९ एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह ए मा तीनै खेलमा हारका साथ समूह चरणबाटै बाहिरीएको हो ।जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७।१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो ।

    images

    आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । आदर्श सिंह १३ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे । नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।त्यसअघि आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२।१ ओभरमा ५२ रनमा अल आउट भएको थियो ।

    नेपालले भारतीय तीव्र गतिका बलर सामु रन जोड्न सुरुवात देखीनै संघर्ष गरेको थियो । सिनियर टोलीबाट खेली सकेका दुई प्रमुख ब्याटर देव खनाल २ र गुलशन झा ४ रनमा आउट भए ।ब्याटर अर्जुन कुमाल ७ रनमा आउट भएका थिए । दीपक बोहरा १, उत्तम थापामगर डक, दीपक प्रसाद डु्रमे गोल्डेन डक, दीपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र आकाश चन्दले ४ रन बनाए ।

    भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९।१ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ७ विकेट लिए । शुक्लाको नाममा २ विकेट रह्यो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।नेपाल समूह ए मा सबै खेलमा हारका साथ बाहिरिएको हो । 

     

    प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - १५:०८:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको