Logo

बुधवार, श्रावण १३ गते २०८३

नेकपा एमालेले चितवन क्षेत्र नम्बर– २ मा उपनिर्वाचनकाे लागि उम्मेदवार भेट्न गाराे?

नेकपा एमालेले चितवन क्षेत्र नम्बर– २ मा उपनिर्वाचनकाे लागि उम्मेदवार भेट्न गाराे?

जोईन खबर

१६, चैत्र २०७९
  • 667
    SHARES
  • नेकपा एमालेले चितवन क्षेत्र नम्बर– २ मा उपनिर्वाचनकाे  लागि उम्मेदवार  भेट्न गाराे?

    १६चैत काठमाडौँ । नेकपा एमालेलाई चितवन निर्वाचन क्षेत्र नम्बर– २ को उपनिर्वाचनका लागि उम्मेदवार भेट्नै कठिन भएको छ । बुधवार बसेको जिल्लाका अगुवा नेतासहित केन्द्रीय कमिटी र प्रदेश कमिटीका नेताहरु बीचको बैठकमा धेरै छलफल गरियो ।Election111_20230127213326_7Ppi9xOhD9.jpg

    images

    तर छलफलमा कोही पनि नेताहरू उम्मेदवार बन्न इच्छुक देखिनुभएन’, एमाले चितवनका एक नेताले रातोपाटीसँग भने, ‘अर्को बैठक बसेर उम्मेदवार टुङ्ग्याउने कुरा भएको छ ।’एमाले नेता कृष्णभक्त पोखरेलले शुक्रवार बस्ने जिल्ला कमिटी बैठकले चितवन २ का लागि उम्मेदवार सिफारिस गर्ने बताए ।

    ‘शुक्रवार ११ बजे जिल्ला कमिटीको बैठक बस्दैछ । बैठकले निर्णय गरेर उम्मेदवार तय गर्छ’, पोखरेलले रातोपाटीसँग भने, ‘हिजोको बैठकमा सामान्य छलफल मात्र भयो ।’उनले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, पूर्व मेयर गोपी श्रेष्ठ र तिलचन्द्र भट्टराईमध्ये एक जना उम्मेदवार बन्न सक्ने बताए । अध्यक्ष न्यौपानेले सर्वसम्मत उम्मेदवार छनोटको तयारी भइरहेको भन्दै अहिलेसम्म टुङ्गो लागि नसकेको बताए । 

    Election111_20230127213326_7Ppi9xOhD9.jpg

     एमाले जिल्ला तहका नेताहरूका अनुसार नेताहरू पोखरेल र देवी ज्ञवालीले यसअघि नै चुनाव नलड्ने बताइसकेकाले बाँकी चार नाममा छलफल भइरहेको छ ।मङ्सिरमा भएको निर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भए पनि नागरिकता प्रकरणमा उनको पद गुमेको थियो । नागरिकता सच्याएसँगै लामिछाने उपनिर्वाचनमा पुनः उम्मेदवार बन्दैछन् भने सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार हुने छन् । कांग्रेसको बिहीबारको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने औपचारिक निर्णय नै गरिसकेको छ । 

     
     
     

     

    प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - १४:३३:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको