१६चैत काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेस थानथानको कपडा जस्तै भएको टिप्पणी गरेका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेसँग ८० सिट भएपनि सरकारमा जाऊ जाऊ नभनी ढुंगामाथि बसेर मुर्चुङगा बजाएर आनन्द लिइरहेको बताए ।
नेपाली कांग्रेससँग कुनैपनि समयमा कहिल्यै पनि सहमति हुनै सक्दैन भनेर भनेका पनि छैन’,
ओलीले भने, ‘फेरि नेपाली कांग्रेस खास गतिलो पार्टी भनेको होइन फेरि, यो भ्रम नरहोस् तर तुलनात्मक रूपमा टालाटुली बटुलेर सुट सिलाउनुभन्दा थानकै कपडाबाट सुट सिलाउनु राम्रो देखिन्छ भनेको हो ।’एमाले र कांग्रेस बण्डलबण्डल र थान थानका कपडा जस्तै भएको ओलीको भनाइ छ ।
‘त्यसकारण नेपाली कांग्रेस र एमाले भनेका थान थानका कपडा भए, अरू भनेका टालाटुली हुन् ।
सरकार बनाउनेजस्तो कुरा ख्याल ठट्टा होइन’, ओलीको भनाइ छ ।