Logo

मंगलवार, श्रावण १२ गते २०८३

१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिकको दुवै टोली क्वाटरफाइनलमा प्रवेश

१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिकको दुवै टोली क्वाटरफाइनलमा प्रवेश

जोईन खबर

१२, पौष २०८०
  • 784
    SHARES
  • १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिकको दुवै टोली क्वाटरफाइनलमा प्रवेश


    १२ पुष काठमाडाैँ । १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार भ्याली पब्लिकको सिनियर ब्वाइज र गल्र्स दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।हात्तीगौडास्थित आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा भ्याली पब्लिकल टीआईए ‘बी’ लाई ४७–२७ ले पराजित ग¥यो ।

    images

    भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक जोडे । सिनियर गल्र्समा भ्याली पब्लिकले निम्सलाई ४२–३७ ले हरायो । भ्याली पब्लिककी प्रकृति खड्का र लोरिशा गौचनले समान १०–१० स्कोर गरे ।सिनियर ब्वाइजमा निम्स, ग्रिनल्यान्ड र एचएचसीएले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । निम्सले टीआईए ‘ए’ लाई ३६–३१, ग्रिनल्यान्डले जेनिथलाई ५८–४८ र एचएचसीएले फ्युजन एकेडेमीलाई ४०–१२ ले पाखा लगाए ।

    निम्सका दीपसागर सेतीमहरले ११, ग्रिनल्यान्डका प्रवीण गुरुङले ३४ र एचएचसीएका पवन मगरले ८ अंक जोडे ।सिनियर ब्वाइजमा निम्सले जेनिथ, विल्सन एकेडेमीले एचएचसीए, टीआईए ‘ए’ ले ग्रिनल्यान्ड र भ्याली पब्लिकले बीएमसीएसंग क्वाटरफाइनलमा खेल्ने छन् ।सिनियर गल्र्समा एनसीसीएसले ग्रिनल्यान्डलाई १९–२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय ग¥यो ।

    एनसीसीएएकी दिया महर्जनले १० अंक जोडिन् ।सिनियर गल्र्समा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल निम्स र एचएचसीए, ग्रिनल्यान्ड र बसुन्धरा नेसनल एकेडेमी (बीएनए), हिमरश्मि र एनसीसीएस तथा भ्याली पब्लिक र टीआईए ‘बी’ बीच हुनेछ ।

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १३:१७:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको