Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाल सुपर लिग उपाधि ललितपुर सिटी एफसीलाई

नेपाल सुपर लिग उपाधि ललितपुर सिटी एफसीलाई

जोईन खबर

१४, पौष २०८०
  • 877
    SHARES
  • नेपाल सुपर लिग उपाधि ललितपुर सिटी एफसीलाई

     १४ पुष काठमाडाैँ । नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

    images

    उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो ।

    खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।

     

    प्रकाशित मिति :पौष १४, २०८० शनिवार - २०:३२:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको