Logo

मंगलवार, श्रावण १२ गते २०८३

सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि पिस प्वाइन्टलाई

सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि पिस प्वाइन्टलाई

जोईन खबर

१७, पौष २०८०
  • 823
    SHARES
  • सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको   उपाधि  पिस प्वाइन्टलाई

    १७ पुष काठमाडाैँ । पिस प्वाइन्टले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।चावहिल गणेशथान मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले न्यु एरालाई ५–२ गोलले पराजित ग¥यो ।पिस प्वाइन्टका राहुलकुमार योञ्जन र विशेष थिङले समान २–२ तथा रामबहादुर बुढाथोकीले १ गोल गरे । न्यु एराबाट दुवै गोल पेम्बा तामाङले फर्काए ।

    images

    राहुल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।लुम्बिनी एकेडेमीले तेश्रो स्थानमा चित्त बुझाए । लुम्बिनीले बोर्न स्काइलार्कलाई २–० ले हरायो । लुम्बिनीको जितमा दुवै गोल आसिप नेपालीले गरे ।आसिपनै ‘म्यान अफ द म्याच’ चुनिए ।उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी बने ।

    2(35).JPG

    न्यु एराकै साइन्टिस्ट राई उदीयमान खेलाडी ठहरिए । गोलरक्षकमा पिस प्वाइन्टका निराजन देउवा, डिफेन्समा पिस प्वाइन्टका महेश राई तथा स्ट्राइकरमा पिस प्वाइन्टकै राहुलकुमार योञ्जन उत्कृष्ट भए ।

    विजेतालाई प्याब्सनका केद्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, नेफका अध्यक्ष नारायण रोका, सचिव टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस ८ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए ।

    प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - १२:१४:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको