१७ चैत काठमाडौ।बिहीबार सुन तोलामा ३०० रुपैयाँले सस्तो भएको थियो । हिजो सुन प्रतितोला एक लाख ८ हजार २०० रुपैयाँमा झरेको थियो ।यो साता सुनको भाउ प्रतितोला ६०० रुपैयाँले सस्तिएको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसयता भने सुनको भाउ लगातार तीन दिन सस्तिएर एक लाख ८ हजार रुपैयाँमा झरेको थियो । तर बुधबार भने सुनको भाउ बढेर एक लाख ८ हजार ५०० रुपैयाँसम्म पुग्यो ।
सुनको भाउ लगातार तीन दिन सस्तिएर एक लाख ८ हजार रुपैयाँमा झरेको थियो । तर बुधबार भने सुनको भाउ बढेर एक लाख ८ हजार ५०० रुपैयाँसम्म पुग्यो ।
साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला २५ रुपैयाँले बढोत्तरी भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य निरन्तर तेश्रो दिन उकालो लागेको हो ।