Logo

बुधवार, श्रावण १३ गते २०८३

राष्ट्रपति रामचन्द्र पौडेलबाट १२ जना मन्त्रीले शपथ लिए

राष्ट्रपति रामचन्द्र पौडेलबाट १२ जना मन्त्रीले शपथ लिए

जोईन खबर

१७, चैत्र २०७९
  • 688
    SHARES
  • राष्ट्रपति रामचन्द्र  पौडेलबाट १२ जना  मन्त्रीले शपथ लिए

     १७ चैत काठमाडौँ । शुक्रबार १२ जना मन्त्रीहरुले पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।  प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

    images
     पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । 
     
    जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  
     


     

     

    प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - १६:१७:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको