१४ माघ काठमाडौँ । तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार र आज आइतबार पनि उक्त मूल्यमा कारोवार भएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।