१८ माघ काठमाडौँ । आज बिहीबार सुनको मूल्य बढेको छ।
अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य पनि आज १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइ तोलामा ५ सय रुपैयाँले नै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।